काठमाडौं । विश्वविद्यालयको ढोका उघार्न तम्तयार विद्यार्थीमाझ अनेकन् विकल्प छन् । स्नातकमा पढेको विषय नै आफ्नो भविष्य निर्माणको महत्वपूर्ण आधार हुने भएकाले विद्यार्थी आफलेू कुन शैक्षिक कार्यक्रम पढ्ने, कहाँ पढ्ने, पढ्न कति शुल्क लाग्छ, पढेपछि कस्ता अवसर पाइन्छ लगायतका विषयमा जानकार हुन आवश्यक छ ।
यदि सूचना प्रविधि (आईटी) विषयमा रुचि राख्नुहुन्छ भने यसमा पनि धेरै विकल्प तपाईंसामु छन् । नेपालमा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । देशभर ३ सय हारहारीका कलेजहरुमा स्वदेशी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस्ता आईटी कार्यक्रमको अध्ययन अध्यापन भइरहेको छ ।
यसैबीच आज हामी त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याएको बीआईएम (ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट) कार्यक्रम के हाे, अरू कार्यक्रमभन्दा कसरी फरक छ, कस्ता विद्यार्थीले पढ्न पाउँछन्, काेर्ष कस्ताे छ, शुल्क, पढेपछि कस्ता अवसर छन् र कुन कुन कलेज छन् भन्ने विषयमा जानकारी दिँदै छाैं ।
के हो बीआईएम ?
२० वर्षअघि त्रिभुवन विश्वविद्यालयले बीआईएम कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रम त्रिविको व्यवस्थापन संकायअन्तर्गत राखिएको छ । पहिलो पटक काठमाडौंको कान्तिुपर कलेज अफ म्यानेज्मेन्ट एण्ड इन्फर्मेशन टेक्नोलोजीले सम्बन्धन लिएर अध्यापन गराएकोमा हाल यो कार्यक्रम पढाउने कलेजको संख्या ३६ पुगेको छ ।
बीआईएम कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापन तथा अन्य विषय समावेश गरिएकाे छ । ४ वर्ष अर्थात् ८ सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित यस काेर्षमा बिजनेश एडमिनिस्ट्रेशन, इकोनोमिक्स, कम्प्युटर साइन्स लगायतका विषय पढ्नुपर्छ । कम्प्युटर साइन्स अन्तर्गत इन्फर्मेशन सिस्टमसँग सम्बन्धित थ्याेरीहरू, आइडिया, मेथोड, मोडल लगायतका विषय यसमा समावेश छन् ।
अहिले अरेक क्षेत्र र संघसंस्थाका लागि इन्फर्मेशन म्यानेजमेन्ट एक महत्वपूर्ण र संवेदनशील काम हो । तर पयार्प्त जनशक्तिकाे अभावमा याे क्षेत्रमा गुणस्तरीय काम हुन सकिरहेकाे छैन । यसकारण विद्यार्थीलाई अब्जेक्ट-ओरियन्टेड सफ्टवेयर डिजाइन, मेथोड र डेटा म्यानेजमेन्ट सिस्टमबारे याे शैक्षिक कार्यक्रमले विस्तृत ज्ञान प्रदान गर्ने किस्ट कलेजका बीआईएम कार्यक्रम संयाेजक सूर्य बहादुर बस्नेत बताउँछन् ।
मूलतः सूचना प्रविधि र व्यवस्थापकीय सीपहरुलाई समायोजन गरेर बनाइएकाे शैक्षिक कार्यक्रम भएका कारण बीआईएमलाई विद्यार्थीले रूचाएकाे विश्लेषण उनकाे छ ।
अरूभन्दा कसरी फरक छ ?
विद्यार्थीका लागि अन्य आईटी कार्यक्रम पनि उपलब्ध छन् । तर बीआईएम एक पृथक वा स्पेसिफाइड कोर्ष हो । आईटीका अन्य कार्यक्रमभन्दा फरक भनेकै यो आईटी र व्यवस्थापनको संयोजन गरिएको शैक्षिक कार्यक्रम हो ।
यसकारण मिश्रित प्रकृतिको यो शैक्षिक कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले आईटी र व्यवस्थापन दुवैको ज्ञान हासिल गर्न सक्छन् । हार्डवेयर, सफ्टवेयरका आधारभूतदेखि वृहत् ज्ञान हासिल गर्दै यसको प्रयोग र व्यवस्थापन गर्न यो शैक्षिक कार्यक्रमले सहयोग गर्दछ ।
यसर्थ व्यवासयिक संगठनका लागि आईटी र म्यानेजमेन्ट पढेका फरक-फरक जनशक्ति राख्नुभन्दा बीआईएम पढेको एउटै जनशक्ति राख्दा पर्याप्त हुन्छ । यसकारण संगठनलाई आर्थिक भार पनि हुँदैन ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
उच्च मावि (कक्षा ११ र १२) मा जीपीए २.६ वा डी प्लस ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउँछन् । यो विषय पढ्न त्रिवि व्यवस्थापन संकायले लिने सीम्याटको प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ ।
कस्ताे छ काेर्ष
यसमा फाउन्डेशन कोर्ष २४ क्रेडिट आवर, बिजनेश कोर्ष ३० क्रेडिट आवर, आईटी एण्ड कम्प्युटर कोर्ष ६० क्रेडिट आवर, इलेक्टिभ कोर्ष ६ क्रेडिट आवर र इन्टर्नशिप प्रोजेक्ट ६ क्रेडिट आवर गरी कुल १२६ क्रेडिट आवर रहेको छ ।
0 Comments